अहिलेको चुनाव राष्ट्रवादी र राष्ट्रविरोधीबीचको जनमत संग्रह – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन १७ २०८२
2.5K
SHARES

१७ फागुन विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन साधारण चुनाव मात्र नभएर जनमत संग्रह समेत रहेको बताएका छन् ।ओलीले यो निर्वाचनले राष्ट्रवादी र राष्ट्रविरोधी कित्ताको निर्क्यौल गर्ने भएकाले यसलाई जनमत संग्रहको रुपमा लिनुपर्ने बताए ।

झापा ५ स्थित दमक १ मा भएको कार्यक्रममा ओलीले निर्वाचनबाट जनताले राष्ट्रवादी र राष्ट्रविरोधी कित्ताको निर्क्यौल गर्ने बताए ।उनले भने, ‘देशलाई अस्तव्यस्तमा धकेलेर अस्थिरता निम्त्याउन खोज्नेहरु सक्रिय हुन खोजेका छन् । यसलाई चिर्न सबैले एमालेलाई जिताउनुपर्छ।

एमाले अध्यक्ष ओलीले आगामी चुनावबाट अस्थिरता निम्ताउनेलाई सधैंका लागि थन्को लगाउनुपर्ने बताए ।नेपालाई विदेशीको परेड खेल्ने स्थल हुनबाट जोगाउन समेत आगामी निर्वाचनबाट राष्ट्रवादी शक्तिको जित जरुरी रहेको भन्दै उनले राष्ट्रवादी शक्तिको नेतृत्व एमालेले गरिरहेको बताए ।ओलीली आज झापा ५ का विभिन्न स्थानमा मतदातासँग साक्षत्कार गरिरहेका छन् ।