महाराजगञ्ज र नैकापमा गाडीमा आगजनी, दुर्गा प्रसाईंका पर्चा फेला
१९ फागुन काठमाडौँ । काठमाडौँको महाराजगन्ज र नैकापमा आज बिहान दुई गाडीमा आगजनी गरिएको छ ।नैकापमा सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा भेटिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बिहान २ः४० तिर गाडीमा आगजनी भएको खबर आएको र गाडीमा दुर्गा प्रसाईको संस्थाका पर्चाहरु भेटिएकाले अनुसन्धान भइरहेको बताए ।उनले भने, ‘अनुसन्धान गरिरहेका छौँ, दुर्गा प्रसाईंको संस्थाको पर्चा पाइएको छ तर गाडीधनीहरुले भने अहिलेसम्म रिपोर्ट गर्नु भएको छैन ।’