प्रचण्डको फराकिलो अग्रता


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २२ २०८२
2.6K
SHARES

२२ फागुन काठमाडौ । नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रुकुमपूर्वमा भएको मतगणनामा फराकिलो अग्रता कायम राखेका छन् ।प्रचण्डले १ हजार ४ सय १५ मत प्राप्त गरेका छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४ सय ३१, नेपाली कांग्रेसका उम्मेदवार कुसुमदेवी थापाले ४ सय १७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत शिव प्रसाद खनालले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लखन कुमार थापाले १ सय ७६, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दीप पुनले ३५, राप्रपाका उम्मेदवार रोशन शाहले ७, नेसनल मंगल अर्गनाइजेसन पार्टीका उम्मेदवारले ४५ मत प्राप्त गरेका छन्। अहिलेसम्म २ हजार ६ सय ३५ मतगणना भएको छ ।