नीति, नेतृत्व र कार्यशैली फेरौँ – उपाध्यक्ष पौडेल


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन २५ २०८२
2.5K
SHARES

२५ फागुन काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो पार्टीको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुरूप पुनर्गठन गर्न अपिल गरेका छन् । रुपन्देही क्षेत्र नम्बर–२ मा उमेदवार बनेर पराजित भएका पौडेलले सोमबार (फागुन २५) विज्ञप्तिमार्फत विगतमा पार्टीका तर्फबाट भएका गल्ती, कमजोरीको गम्भीर समीक्षा र जनअपेक्षाअनुसार आफैँलाई रूपान्तरण गर्न आग्रह गरेका छन् ।

उनले लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत भएर आफूले रुपन्देही–२ का मतदाताको फैसलालाई सहर्ष स्वीकार गर्ने बताएका छन् ।उनले निर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवारलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । यो क्षेत्रका जनताका अपेक्षाअनुरूप उत्कृष्ट कार्य गर्ने तथा रुपन्देहीको विकास र समृद्धिको यात्रालाई अझै उचाइबाट अगाडि बढाइने आशा समेत गरेका छन् ।

“यस निर्वाचनमा मलाई विश्वास गरेर मतदान गर्नुहुने र आआफ्नो विश्वासका आधारमा घण्टी, रुख, तारा वा अन्य चुनाव चिह्नमा मतदान गर्नुहुने मतदाता महानुभावहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु,” उनले भनेका छन् ।