आजबाट आमजनता पार्टी र मोबाइल छापसँग मेरो सम्बन्ध रहँदैन – ऋषि धमला


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन २५ २०८२
2.4K
SHARES

२५ फागुन काठमाडौं । रौतहट–४ मा पराजित भएपछि ऋषि धमलाले आम जनता पार्टी र मोबाइल छाप चुनाव चिह्नसँगको सम्बन्ध तोडेका छन् । आज रिपोर्टस् क्लबमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै उनले पार्टी र चुनाव चिह्नसँगको सम्बन्ध सकिएको घोषणा गरेका हुन् ‘आजको दिनबाट जुन चुनाव चिह्नबाट लडेको थिएँ, त्यो पार्टी र चुनाव चिह्नसँग मेरो सम्बन्ध रहँदैन । मैले त्यो पार्टी र चिह्नलाई खाली चुनावमा मात्र प्रयोग गरेको थिएँ,’ धमलाले भने, ‘आम जनता पार्टी र जनादेश पार्टीले आग्रह गरेपछि उक्त चुनाव चिह्न लिएर गएको हुँ । आजसम्म म त्यो पार्टीको सदस्य होइन । र मैले कुनै राजनीतिक दलको सदस्यता लिएको छैन ।’

आफूलाई चुनावमा जानुअघि बालेन शाहले दुई पटक बोलाएर जुन क्षेत्रबाट लडे पनि टिकट दिने बताएको उनको दाबी छ । जहाँबाट लडे पनि टिकट दिने बताउँदा बताउँदै आफू मोबाइल छाप लिएर चुनावमा लडेको बताए । उनले रौतहटवासीलाई धन्यवाद समेत दिए । तर, अब पनि राजनीतिमै रहने वा पत्रकारितामा फर्कनेबारे केही बताएनन् । रौतहट–४ बाट रास्वपाका गणेश पौडेल ३६८७६ मत ल्याएर निर्वाचित हुँदा धमलाले ६५५ मत मात्र ल्याएका थिए ।