पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई भारत प्रस्थान


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन २७ २०८२
1.9K
SHARES

२७ फागुन काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विमर्शमा सहभागी हुन उनी त्यसतर्फ गएका हुन् ।

‘एनएक्सटी २०२६ ग्लोबल समिट’ नाम दिइएको सो बौद्धिक तथा वैज्ञानिक विमर्श नयाँ दिल्लीस्थित भारत मण्डपममा मार्च १२, १३ र १४ मा आयोजना हुनेछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सहभागी हुने समिटमा डा. भट्टराई ‘गेस्ट अफ अनर’ को रूपमा सहभागी हुँदैछन् आयोजकका अनुसार, विश्वभरिका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा विशिष्ठ शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको समिटमा सहभागी हुनेछन् । समिटमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

विभिन्न देशका सांसद, नीति–निर्माता, विज्ञ तथा युवा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने यस सम्मेलनलाई समसामयिक वैश्विक बहस र सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा लिइएको छ ।पूर्वप्रधानमन्त्री भट्टराईले १४ मार्चमा‘डेमोक्रेसी इन द एज अफ एआईएम डिजिटल गभर्नेन्स एन्ड द युथ’ शीर्षकको सत्रलाई सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ । उनी १४ मार्चमै स्वदेश फर्कनेछन् ।