खार्तम्छामा हेलिकप्टर दुर्घटना


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र ४ २०८२
2.1K
SHARES

४ चैत विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।

खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले हेलिकप्टर दुर्घटनाको पुष्टि गरिन् । दुर्घटनामा कसैको पनि हताहती नभएको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय खोटङका डीएसपी प्रकाश बुढाथोकीले दुर्घटना भएको बताए । उनले दुर्घटनामा काजीबहादुर राई घाइते भएको बताए । खार्तम्छा बालाबेँसीमा हेलिकप्टर अवतरणको क्रममा दुर्घटना भएको हो । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए ।

केपिलासगढी गाँउपालिका-२ का वडाअध्यक्ष मिलन राईले दुर्घटनामा एकजना घाइते भएको बताए ।उनले भने, ‘एकजना घाइते भएको भन्ने आएको छ । म केही समयमा घटनास्थल पुग्छु ।’