एमालेले डाक्यो सचिवालय बैठक
Capital Headline
प्रकाशित मिति :
शनिबार, चैत्र १४ २०८२
1.3K
SHARES
१४ चैत काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै एमालेले सचिवालय बैठक डाकेको हो ।सचिव महेश बस्नेतले अहिले बिहान साढे ८ बजे सचिवालय बैठक बस्ने जानकारी दिए ।
बालेन्द्र सरकार राजनीतिक प्रतिशोध र पूर्वाग्रहको बाटोमा उत्रिएको भन्दै उनले एमालेले संघर्षका कार्यक्रम थाल्ने र अबको योजनबारे निर्णय लिन बैठक बोलाइएको बताए ।प्रहरीले ज्यानसम्बन्धी कसुरको अनुसन्धानका लागि ओलीलाई आज बिहानै गुण्डुबाट गिरफ्तार गरेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट