चट्याङ लागेर एकजनाको मृत्यु, एक घाइते


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र १८ २०८२
1.2K
SHARES

१८ चैत हेटौँडा । चट्याङ लागेर मकवानपुरमा एकजनाको मृत्यु भएको छ । वाग्मती गाउँपालिकामा–१, भैसेमा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार, ३२ वर्षीय अजय पहरीको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।