सुकुम्वासी बस्ती आसपास प्रहरीले राख्न थाल्यो सीसीटीभी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख ११ २०८३
1.9K
SHARES

११ बैशाख काठमाडौं । प्रहरीले काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्ती आसपास क्षेत्रमा सीसीटीभी जडान गर्न थालेको छ शनिबार (वैशाख १२) थापाथलीसहितका सुकुम्वासी बस्ती हटाउँदा हुनसक्ने आपराधिक गतिविधिबारे जानकारी लिन प्रहरीले सीसीटीभी जडान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, सुकुम्वासी बस्तीको फोकस हुनेगरी सीसीटीभी जडान गरिएको हो

प्रहरीले सीसीटीभी क्यामेराको निगरानी भने परिसर कार्यालय भद्रकालीबाट नै गर्नेछ । भोलिको कार्यक्रममा कुनै अवाञ्छित गतिविधि नहोस् भनेर प्रहरीले संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई पक्राउ गरेको छ ।