एनटी फाइबरमा ग्राहकको आकर्षण
९ कार्तिक काठमाडौं । एनटी फाइबरमा ल्याएको विशेष अफरप्रति ग्राहकको आकर्षण बढेपछि नेपाल टेलिकमले अनलाइनबाटै सेवा जडानका लागि विवरण उपलब्ध गराउन सकिने व्यवस्था गरेको छ । फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा आधारित यो सेवाको नयाँ जडानका लागि सम्पर्क गर्ने ग्राहकको सङ्ख्या बढेपछि कम्पनीले अनलाइनबाटै सेवा जडानका लागि आवश्यक विवरण उपलब्ध गराउने र गुनासोसमेत दर्ता गर्न मिल्ने व्यवस्था गरेको हो ।
टेलिकमले सेवा जडान गर्ने नम्बरमा ग्राहकको चाप बढेपछि सम्पर्क नम्बरको क्षमतासमेत विस्तार गरेको छ । टेलिकमका अनुसार एनटी फाइबरसम्बन्धी जानकारी लिन तथा नयाँ लाइन जडानका लागि अनुरोध गर्न अब १९८ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
ग्राहकले फोनमार्फत आफूलाई पायक पर्ने स्थानमा नयाँ फाइबर लाइन जडानका लागि अनुरोध गर्न सक्नेछन् । टेलिकमले हालसालै ४९९९ मा ३० एमबीपीएसको प्याकेज ल्याएको छ । त्यसैगरी, अन्य विभिन्न प्याकेजसमेत उपलब्ध छन् ।