घट्यो नेप्से


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक १० २०८३
133
SHARES

९ कार्तिक काठमाडौं । दसैँपछिको पहिलो कारोबार दिनमै नेप्से सूचक घटेर सेयर बजार राताम्मे बनेको छ । सोमबार नेप्से परिसूचक ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा आइपुगेको हो । दसैँअगाडिको साताभर बढेको नेप्से त्यसपछिको कारोबारमा भने करेक्सन देखिएको छ ।सोमबार सूचकसँगै कारोबार रकम पनि सामान्यले घटेको छ । यस दिन चार अर्ब दुई लाखको कारोबार भएको हो ।

दसैँअघिको अन्तिम दिन लगानीकर्ताले चार अर्ब ८२ करोडको कारोबार गरेका थिए । यसकारण दसैँपछिको पहिलो दिन लगानीकर्ताले बजारमा खरिदको साटो बिक्रीलाई प्राथमिकता दिएको देखिन्छ । यस्तै, यो दिन कारोबारमा आएको ३४१ कम्पनीमध्ये ९९ वटाको मूल्य बढ्दा १७१ वटाको घटेको छ । बाँकी ६ कम्पनीको मूल्य स्थिर छ ।

यस दिन बेनी हाइड्रोपावरको सेयर सर्वाधिक बढेको छ । बेनी हाइड्रोको मूल्य १४.९९ प्रतिशतले बढेको छ ।  चिरख्वा हाइड्रोपावरको मूल्य भने घटेको छ । चिरख्वाको मूल्य ७.९२ प्रतिशतले घटेको हो ।