रद्द भयो १० अर्बको ट्रेजरी बिल बोलकबोल


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक १० २०८३
38
SHARES

९ कार्तिक काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण सञ्चालन तथा व्यवस्थापन प्रणाली (डोम्स) मा प्राविधिक समस्या देखिएपछि ट्रेजरी बिलको बोलकबोल रद्द भएको छ। आजको लागि तय गरिएको १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल रद्द गरिएको कार्यालयका लेखा अधिकृत कृष्ण प्रसाद शर्माले बताए।

कार्यालयले गत असोज ३० गते प्रकाशित सूचनाअनुसार कात्तिक ९ गते सोमबार १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल निष्काशनका लागि बोलकबोल गर्ने तालिका सार्वजनिक गरेको थियो।

त्यसअनुसार ९१ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल र १८२ दिन अवधिको अर्को ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने तयारी थियो।निर्धारित तालिकाअनुसार सोमबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बोलकबोल सञ्चालन हुनुपर्ने थियो। तर, बोलकबोल प्रक्रिया सञ्चालन हुने डोम्स प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएपछि प्रक्रिया रद्द भएका सूचना प्रकाशित गरेको छ। प्रणालीमा देखिएको समस्या समाधान भएपछि बोलकबोल प्रक्रिया पुनः अघि बढाउने शर्माले बताए।