फोनपेको जीवीमा चेकआउट बाई फोनपे विस्तार
३ भाद्र काठमाडौं । फोनपेले जीवीसँग साझेदारी गर्दै चेकआउट बाई फोनपे सेवा जीवीमा एकीकृत गरेको छ । यससँगै जीवीका ग्राहकले अनलाइन खरिद गर्दा अझ छिटो, सरल र सहज रूपमा भुक्तानी गर्न सक्ने भएका छन् ।
यस एकीकरणमार्फत जीवीमा सामान खरिद गर्ने ग्राहकले भुक्तानीको क्रममा चेकआउट बाई फोनपे छनोट गरी सहभागी मोबाइल बैंकिङ एपमार्फत आफ्नो भुक्तानी सहज रूपमा पूरा गर्न सक्नेछन् । यसले सामान छनोटदेखि भुक्तानीसम्मको सम्पूर्ण प्रक्रियालाई थप सहज र सुविधाजनक बनाउनेछ ।
यस सेवाको सुरुआतको अवसरमा फोनपे र जीवीले ग्राहकका लागि विशेष २० प्रतिशत क्यासब्याक, अधिकतम ५०० सम्मको अफर पनि ल्याएका छन् । यो अफर अगस्ट १८ देखि अगस्ट ३१, २०२६ सम्म लागु हुनेछ । प्रत्येक ग्राहकले अभियान अवधिभर अधिकतम ५०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
“जीवीसँग चेकआउट बाई फोनपेको एकीकरणमार्फत हामी अनलाइन किनमेल गर्ने ग्राहकहरूका लागि अझ सरल र सहज भुक्तानी अनुभव ल्याउन पाउँदा उत्साहित छौँ । यो साझेदारी नेपालको बढ्दो विद्युतीय व्यापारको क्षेत्रमा डिजिटल भुक्तानीलाई थप सहज र सुविधाजनक बनाउने हाम्रो निरन्तर प्रयासको अर्को महत्त्वपूर्ण कदम हो,” फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले भने ।
जीवीसँगको यो एकीकरण नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने फोनपेको निरन्तर प्रयासको हिस्सा हो । नवीन भुक्तानी समाधानमार्फत थप व्यापारी तथा वित्तीय संस्थालाई जोड्दै फोनपेले अनलाइन कारोबारलाई छिटो, सरल र सहज बनाउने लक्ष्य लिएको छ ।
थप व्यापारी, वित्तीय संस्था तथा विद्युतीय व्यापारिक मञ्चहरूमा चेकआउट बाई फोनपे विस्तार गर्दै फोनपेले देशभरका ग्राहकहरूलाई अझ सहज, सुरक्षित र निर्बाध डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिइरहेको छ ।