आज घट्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
मंगलबार, बैशाख १५ २०८३
741
SHARES
१५ बैशाख काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको हो। योसँगै आज सुन प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १०० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४ हजार ९४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट