आज पनि सुनको भाउमा गिरावट
Capital Headline
प्रकाशित मिति :
बिहिबार, बैशाख १७ २०८३
703
SHARES
१७ बैशाख काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १८ सय रुपैयाँले घटेको हो।योसँगै आज सुन प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ११५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४ हजार ८१० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट