अनावश्यक ऋण नलिनू – राष्ट्र बैंक


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख २२ २०८३
760
SHARES

२२ बैशाख काठमाडौं । नेपाल राष्ट्र बैंकले आवश्यक भएमा मात्र ऋण लिन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै राष्ट्र बैंकले यस्तो आग्रह गरेको छ ।आवश्यकता परेमात्र ऋण लिन र लिएको ऋणको सदुरुपयोग गरी समयमै चुक्ता गर्ने बानीको विकास गर्न राष्ट्र बैंकको आग्रह छ । त्यसका निम्ति आफ्नो आम्दानी र खर्चको सूची बनाउने बानी बसाल्न, मासिक बजेट बनाउन र अनावश्यक कुरामा खर्च नगर्न पनि सुल्झाइएको छ ।

‘आफूले कमाएको रकमको केही हिस्सा आपतकालीन समय वा अन्य कुनै आकस्मिक कार्यमा खर्च गर्न तथा भविष्यका लागि लगानी गर्न अनिवार्य बचत गर्नुपर्दछ । यसले अनावश्यक खर्च हुनबाट जोगाउनुका साथै भविष्यको लक्ष्य पूरा गर्न सहयोग गरी पारिवारिक तनावसमेत कम गर्दछ,’ राष्ट्र बैंकले भनेको छ ।