राष्ट्रपतिले संसद्‌मा गर्ने सम्बोधन मन्त्रिपरिषद्‌बाट स्वीकृत


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २८ २०८३
912
SHARES

२८ बैशाख काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (वैशाख २८) संघीय संसद्को संयुक्त बैठक (प्रतिनिधिसभा र राष्ट्रियसभा)लाई गर्ने सम्बोधन मन्त्रिपरिषद्‌बाट स्वीकृति गरिएको छ । सोमबार (वैशाख २८) बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकबाट उक्त सम्बोधन स्वीकृत गरिएको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

“नेपालको संविधानको धारा ९५ बमोजिम सम्माननीय राष्ट्रपतिबाट संवत् २०८३ साल वैशाख २८ गते १६ः०० बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुहुने सम्बोधन स्वीकृत गर्ने निर्णय,” उनले भने । यस दिन अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठक बस्ने तय छ । सिंहदबारस्थित प्रतिनिधिसभाकक्ष (बहुउद्देश्यीय हल)मा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।