कांग्रेसको सदस्यले अन्त भोट हाल्ने विषय स्वीकार्य हुँदैन – सभापति थापा


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २८ २०८३
684
SHARES

२८ बैशाख काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसको सदस्यले अन्य दललाई भोट हाल्ने विषय स्वीकार्य नहुने चेतावनी दिएका छन् ।  कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुर्खेतमा आयोजना गरेको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।“मतदाताले नेपाली कांग्रेसको चुनाव चिन्हमा भोट नहाल्नु कुनै फरक कुरा होइन तर कांग्रेसको  सदस्य भएर दायाँबायाँ गर्नु स्वीकार्य हुँदैन,” उनले भने ।

राष्ट्रिय हित , सुशासनका विषयमा सरकारलाई समर्थन हुने उनले बताए । सरकारको बर्बरतापूर्ण कामको कांग्रेसले सशक्त विरोध गर्ने उनको भनाइ छ ।