एउटै दलको नेतृत्वमा सरकार गठन हुनु रूपान्तरणकारी सुधारको अवसर – राष्ट्रपति


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २८ २०८३
1K
SHARES

२८ बैशाख काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एउटै दलको नेतृत्वमा सरकार गठन हुनु रूपान्तरणकारी सुधारको अवसर भएको बताएका छन् । सोमबार (वैशाख २८) अपराह्न बसेको संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

हाल देशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको झन्डै दुईतिहाइ बहुमतको सरकार छ । “मुलुकका लागि राजनीतिक स्थिरता, नीतिगत स्पष्टता र रूपान्तरणकारी सुधारको ऐतिहासिक अवसर हो,” उनले भने ।

सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशीलाका रूपमा ग्रहण गरेको राष्ट्रपति पौडेलले बताए ।  भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति रहने उनले उल्लेख गरे ।