नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा कामु सीईओको जिम्मेवारी महेश शर्मा ढकाललाई


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ३१ २०८३
988
SHARES

३१ बैशाख काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी महेश शर्मा ढकाललाई दिइएको छ। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले ढकाललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। हाल ढकाल बैंकमा नायब सीईओका रुपमा कार्यरत छन्।

स्मार्ट टेलिकम प्रकरणमा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे प्रहरी नियन्त्रणमा छन्। सीईओ पाण्डे अनुसन्धानका क्रममा रहेकोले उनले सम्पादन गर्ने बैंक सञ्चालनसम्बन्धी सम्पूर्ण गर्ने गरी कामु सीईओका रुपमा ढकाललाई अख्तियारी प्रदान गरिएको छ।