सुनको भाउमा भारी गिरावट
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ १ २०८३
589
SHARES
१ जेष्ठ काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजार रुपैयाँले घटेको हो। योसँगै आज सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३५५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५३ सय ९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट