आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ ४ २०८३
950
SHARES

४ जेष्ठ काठमाडौं । नेपाली बजारमा आज जेठ ४ गते सोमबार सुनको भाउ सामान्य बढेको छ भने चाँदी घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो। योसँगै आज सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो आइतबार सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५ हजार ४० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ५ हजार ६० सय रुपैयाँमा कारोबार भएको थियो।