एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ८ २०८३
513
SHARES

८ जेष्ठ काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि शुक्रबार एक खर्ब बराबरको रकम उठाउन लागेको छ । केन्द्रीय बैंकले सूचनामार्फत कुल ६१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल गर्न लागिएको जनाएको छ ।

आज अपराह्न ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत रकम बोलकबोल हुनेछ । उक्त रकमको साँवा तथा ब्याज भुक्तानी भने आगामी साउन ६ गते हुनेछ । घटीमा १० करोड र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ ।