म भोलि बोल्छु – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ ९ २०८३
931
SHARES

९ जेठ काठमाडौ्ँ । सचिवालयमा एकपछि अर्का पदाधिकारी आफूविरुद्ध खुलिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पनि पार्टीलाई चौतर्फी आक्रमण भइरहँदा संकटमा पार्न खोजिएको दोहोर्‍याएका छन् ।हिजो आफ्नै भनिएका नेताहरू मार्ग प्रशस्त गरेर जानुपर्ने पक्षमा उभिएपछि ओलीले आज विरोधीसँग मिलेर पार्टी सक्न खोजिएको बताए । उनले आफ्ना कुरा भोलि सम्बोधनमा राख्ने बताएका छन् ।

एक नेताले भने, “उहाँले बीचबीचमा बोल्नुभयो । कडै छ कुरा । तपाईँहरूको कुरा सुनिरहेको छु । भोलि म बोल्छु भन्नुभएको छ ।’हिजोदेखि चलेको बैठकमा बहुमत पदाधिकारीले एमालेलाई कमजोर अवस्थामा पुर्‍याएको जिम्मेवारीसहित राजीनामा दिएर नेतृत्व हस्तान्तरणको बाटोमा जान सुझाएका छन् । हिजो बैठकमा चर्काचर्कीसमेत भएको थियो  ।नेताहरूको कार्यविभाजन प्रस्तावको मूल एजेण्डा राखिएको सचिवालय बैठक पार्टी पुनर्गठनमा केन्द्रित भएको छ ।