ईयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग प्रधानमन्त्रीको सामूहिक भेट


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १२ २०८३
931
SHARES

१२ जेष्ठ काठमाडौं । सिंहदरबारमा उनीहरूबीच सामूहिक भेट र संवाद जारी छ । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित रहेको छ ।

यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।