सुनको मूल्य घट्यो


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ १३ २०८३
551
SHARES

१३ जेठ काठमाडौं । नेपाली बजारमा बुधबार (जेठ १३) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९० हजार ५०० रुपैयाँ कायम छ । मंगलबार (जेठ १२) छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ८० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।