कांग्रेस कसैको प्राइभेट कम्पनी हैन – सभापति थापा


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार ९ २०८३
893
SHARES

९ असार काठमाडौं । नेपाली कांग्रेसका  सभापति  गगनकुमार थापाले पार्टीभित्र सबैको हैसियत बराबर रहेको बताएका छन् । झापा कांग्रेस जिल्लास्तरीय भेलालाई मंगलबार सम्बोधन गर्दै उनले सभापति पदमा आफू रहे पनि जिम्मेवारी सबैको रहेको बताए ।

पार्टीभित्र रहेका सबैको बराबर हक लाग्ने उनले उल्लेख गरे । “यो पार्टी कसैको प्राइभेट कम्पनी हैन । यहाँ कोही पनि ठूलो–सानो छैन,” थापाले भने, “अनि अहिले हामी वर्तमान पदाधिकारी त ठूला छैनौँ भने भूतपूर्व पदाधिकारी भन्ने नाममा वर्तमान, भूतपूर्व हामी को हौँ ?” नेपाली कांग्रेसको ताकत, प्रतिष्ठा, राष्ट्रिय शक्ति आर्जन गर्न पुरानो ठाउँमा फर्काउन लागेको उनले स्पष्ट पारे ।