प्रतिगमनलाई पराजित गर्न वामपन्थी शक्ति मिल्नुपर्छ – अध्यक्ष ओली
Capital Headline
प्रकाशित मिति :
आइतबार, असार १४ २०८३
1.1K
SHARES
१४ असार काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको नीति सही भएको जिकिर गरेका छन्। जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एकताको लागि पार्टीको नीतिबारे छलफल गर्ने पक्षमा आफू नरहेको प्रस्ट पारे।
उनले भने, ‘हाम्रा नीतिहरू सही छन्। त्यसैले एमाले कुनै एकताको लागि नीतिबारे छलफल गर्ने पक्षमा छैन। हामीले राजनीतिक, सामाजिक, आर्थिक, सामाजिक अनेक पक्षमा सही नीति निर्धारण गरेका छौँ।’ जबजलाई समयाअनुकुल बनाउँदै लैजाने बताए ।
उनले पार्टीको उद्देश्य चुनावदेखि चुनावसम्मकाे मात्रै नभएको जिकिर गरे। उनले भने, ‘यस अवस्थादेखि समृद्धिसम्म हाम्रो यात्रा हो। हाम्रो यात्रा समृद्ध नेपाल सुखी नेपालीसम्मको हो। हाम्रो गन्तव्य ठिक छन्।’ यद्यपि, उनले प्रतिगमनलाई पराजित गर्नको लागि लोकतान्त्रिक र वामपन्थी शक्ति मिल्नुपर्ने मत राखे।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट