सदस्यता नवीकरण गर्दै नेकपा


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार १८ २०८३
817
SHARES

१८ असार काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सदस्यता नवीकरण कार्य ‘म्यानुअल’ र ‘डिजिटल’ दुवै तरिकाले अघि बढाएको छ । हाल पालिका तहमा सदस्यता नवीकरण अद्यावधिक भइरहेको नेकपाको आईटी विभाग सदस्य शिव खकुरेलले जानकारी दिए ।

“पालिका तहमा अद्यावधिक भइरहेको छ । पार्टीबाट गएकालाई डिलिट गर्ने र अन्य घटकहरूबाट आएकालाई थप्ने कामहरू भइरहेको छ,” उनले भने । नेकपाले यही असार १ गतेदेखि सदस्यता नवीकरण सुरु गरिसकेको छ ।