कुमारी बैंक र डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनबीच रणनीतिक साझेदारी
२४ असार काठमाडौं । सेवा, प्रक्रिया अनि रणनीतिक साझेदारीमार्फत दिगो विकासमा प्रतिबद्ध कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्धनका लागि जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसंग रणनीतिक परियोजना सम्झौता गरेको छ । जर्मनीको संघीय तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित क्षेत्रीय कार्यक्रम एसियाका चयन गरिएका देशहरूमा वित्तीय क्षेत्रको सामाजिक पारिस्थितिकीय रूपान्तरण अभियानअन्तर्गत यो साझेदारी गरिएको हो ।
सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनकी एसिया डिभिजन प्रमुख डा. इलोन्का रुल स्टर्नले हस्ताक्षर गरेका छन् । दिगो बैंकिङका लागि दुई चरणको खाकामा हरित बैंकिङ अभ्यासहरूलाई संस्थागत र विस्तार गर्न यो साझेदारीलाई दुई क्रमिक चरणहरूमा विभाजन गरिएको छ ।
सम्झौताअनुसार, डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनले आफ्ना स्वामित्वमा रहेका विशेष प्राविधिक पद्धतिहरू जस्त इसजी रिस्क राडर र सस्टेनेबल फाइनान्स कम्पास आदि उपलब्ध गराई प्राविधिक सहयोग पुर्याउनेछ ।