सेबोन घेराउ गर्न पुगे लगानीकर्ता


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार ३० २०८३
665
SHARES

३० असार काठमाडौं । शेयर बजारमा निरन्तर गिरावट आएपछि लगानीकर्ताहरु नेपाल धितोपत्र बोर्ड (सेबोन)को कार्यालय घेराउन गर्न पुगेका छन् । मंगलबार लगानीकर्ताहरु सेबोनको कार्यालय पुगेका हुन् । शेयर लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा मंगलबार बिहान लगानीकर्ताहरू नेपाल धितोपत्र बोर्ड (सेबोन) को केन्द्रीय कार्यालय पुगेका हुन् । शेयर बजार बढाउनु मात्रै आफूहरूको माग नरहेको उनले बताए ।

लगानीकर्ता कोइरालाले भने, ‘बजार बढाउनु पर्‍यो भनेर मात्र आएको आएको होइन । बजारमा चाहिने नीति नियम, पूर्वाधार बनाउन सकियो कि सकिएन भनेर ध्यानाकर्षण गराउनका लागि हामी यहाँ आएको हो ।’

लगानीकर्ताहरूले सेबोनको कार्यालय घेराउ गर्दै बजार सुधारका लागि तत्काल नीतिगत हस्तक्षेप गर्न सरकार र नियामक निकायसँग माग गरेका छन् । ‘पुँजी बजारमा धेरैको लगानी छ । यो क्षेत्र धराशायी भने भने अन्य क्षेत्रलाई पनि असर पर्छ’, कोइरालाले भने ।