आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार ३२ २०८३
798
SHARES

३२ असार काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ। योसँगै आज प्रतितोला सुन २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा ९० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ३२५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ४१५ रुपैयाँ थियो।