आज सुनको भाउमा भारी गिरावट


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन १ २०८३
684
SHARES

१ श्रावण काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३१ सय रुपैयाँले घटेको छ। योसँगै आज प्रतितोला सुन २ लाख ८२ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ८५ हजार २ रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १२५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ३२५ रुपैयाँ थियो।