NAIMA Nepal Mobility Expo 2026 साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुदै
१ श्रावण काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले काठमाडौंस्थित द सोल्टी होटलमा पत्रकार सम्मेलन गरी NAIMA Nepal Mobility Expo 2026 सम्बन्धी मुख्य विवरण सार्वजनिक गरेको छ। सञ्चारकर्मीहरू, प्रायोजक तथा साझेदारहरू, प्रदर्शकहरू, NAIMA बोर्ड सदस्यहरू, सदस्य कम्पनीहरू तथा नेपालको अटोमोबाइल र मोबिलिटी क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थितिमा दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पोका मुख्य विवरणहरु सोमबार सार्वजनिक गरिएको हो ।
NAIMA Nepal Mobility Expo 2026 यही ११ देखि १६ अगस्ट २०२६ अर्थात् २०८३ साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ। नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी एक्सपोका रूपमा आयोजना हुने यस प्रदर्शनीमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च रहनेछन्।