पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको छैन – सचिवालय


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन १ २०८३
817
SHARES

१ श्रावण  काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लडेको र हात भाँचिएको समाचार गलत भएको सचिवालयले जनाएको छ। शुक्रबार देउवाको सचिवालयले प्रेस विज्ञप्ति जारी गरी आधारहीन हल्ला र भ्रामक समाचार भनेको छ। ‘पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा ‘आदरणीय पूर्वप्रधानमन्त्रीज्यू लडेर हात भाँचिएको छ’ भन्ने आशयका अपुष्ट, आधारहीन तथा भ्रामक समाचारहरू फैलाइएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ सचिवालयले भनेको छ।  देउवा लडेर हात भाँचिएको भन्ने समाचार असत्य भएको सचिवालको भनाइ छ। ‘उक्त समाचार पूर्ण रूपमा असत्य र निराधार रहेको स्पष्ट पार्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ।

यसरी आधिकारिक पुष्टिबिना हल्ला नफैलाउन देउवाको सचिवालयले आग्रह गरेको छ। ‘सम्बन्धित व्यक्तित्व न त लड्नुभएको छ, न त उहाँको हात भाँचिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि आधिकारिक पुष्टिबिना यस्ता हल्ला फैलाउनु गैरजिम्मेवार कार्य हुनुका साथै समाजमा भ्रम सिर्जना गर्ने प्रयास हो।’ यससँगै सञ्चार माध्यमलाई पनि आधिकारिक स्रोतबाट पुष्टि गर्न अनुरोध गरिएको छ। ‘यसैले सम्पूर्ण सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणमा कुनै पनि सूचना वा समाचार साझा गर्नु अघि त्यसको सत्यता आधिकारिक स्रोतबाट पुष्टि गर्न हार्दिक अनुरोध गर्दछौँ,’ देउवाको सचिवालयले भनेको छ, ‘तथ्यमा आधारित, जिम्मेवार र विश्वसनीय सूचना प्रवाह गरौँ, अफवाह र भ्रम फैलाउने कार्यबाट टाढा रहौँ।’