जनमतका आधारमा वाम एकता गर्नुपर्छ – नेता खतिवडा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन ८ २०८३
893
SHARES

८ श्रावण काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता जगन्नाथ खतिवडाले वामपन्थी एकता जनमतका आधारमा गर्नुपर्ने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा उनले सातै प्रदेशमा वामपन्थी जनमतले के चाहन्छ, त्यही अनुसार निर्णय गर्नुपर्ने बताए ।

नेता खतिवडाले भने, “जनमतले एकता कस्तो चाहन्छ ? कसरी एकता गर्न चाहन्छ ? मोर्चा मात्र चाहन्छ कि सहकार्य मात्र गर्न चाहन्छ, सदनमा मात्रै मिल्न चाहन्छ कि पार्टी नै एकढिक्का बनाएर अगाडि बढ्न चाहन्छ ?”

यी विषयमा आम कार्यकर्तासमक्ष पुष्पलाल एकता केन्द्र देशव्यापी रूपमा जान चाहेको उनको भनाइ छ । त्यसको पहिलो अभियान काठमाडौंबाट सुरु भएको र विगतमा भएका गल्ती सच्याउने गरी अघि बढ्नुपर्ने उनको भनाइ छ ।