माधव नेपाल प्रचण्ड निवासमा


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ११ २०८३
817
SHARES

११ श्रावण काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालबीच भेटवार्ता भएको छ। आज बिहान नेपाल निवास पुगेर प्रचण्डले भेट गरेका हुन्। आजको भेटमा एमाले अध्यक्ष केपी ओलीसँग भएको सहमतिदेखि आगामी रणनीतिबारे छलफल भएको एक नेताले बताए।

ती नेताले भने, ‘एमालेसँग भएको सहमतिकोबारेमा समीक्षा भयो। बाहिर चर्चा भएजस्तो कुनै असहमति छैन। आजको भेटमा प्रदेशमा मुख्यमन्त्री, मन्त्रीहरूको टुङ्गो लगाउन, अब कसरी जाने भन्ने विषयमा केन्द्रित थियो।’ एमालेसँग भएको तीन बुँदे सहमतिप्रति असन्तुष्ट नेपालले हिजो आफूनिकट केही नेताहरूसँग संवाद गरेका थिए। प्रचण्डले शनिवार एमालेसँग प्रदेश सरकार सञ्चालनबारे तीन बुँदे सहमति गरेका थिए।