नेपाल एसबिआई बैंक इन्डियन च्याम्बर अफ कमर्सद्वारा सम्मानित


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ११ २०८३
1.2K
SHARES

११ श्रावण काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड, इन्डियन च्याम्बर अफ कमर्सद्वारा बैंक तथा वित्तीय संस्थाहरूलाई प्रदान गरिने चार प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएकोे छ ।  बैंकले ‘बेष्ट बैंक इन एमएसएमई एक्सलभरेसन’, बेष्ट पर्फमेन्स अन एसेट क्वालिटी’, बेष्ट पर्फमेन्स अनल प्रोफिटबिलिटी’ र बेष्ट कर्मशियल बैंक’ विधामा उक्त सम्मान प्राप्त गरेको हो । भारतको नयाँ दिल्लीमा इन्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२६ कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द तथा वित्त तथा योजना विभाग प्रमुख नेत्र खतिवडाले उक्त पुरस्कार ग्रहण गरेका थिए ।

अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कारहरूले बैंकको व्यावसायिक बैंकिङमा उत्कृष्टता, सम्पत्तिको गुणस्तरता तथा नाफामुखी कार्यसम्पादनमा देखिएको नतिजा र साना तथा मझौला उद्यमको प्रवर्द्धनमा बैंकको दृढ संकल्पको प्रतिबद्धतालाई जोड दिन्छ ।