सुनको भाउमा भारी गिरावट
Capital Headline
प्रकाशित मिति :
मंगलबार, साउन १२ २०८३
1.5K
SHARES
१२ श्रावण काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउमा भारी गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजार ३ सय रुपैयाँले घटेको हो। योसँगै आज प्रतितोला सुन २ लाख ८४ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यता, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १३५ रुपैयाँले घटेको हो । योसँगै आज चाँदी तोलामा ४ हजार ३१० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट