सुनको भाउमा सामान्य गिरावट


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन १३ २०८३
589
SHARES

१३ श्रावण काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो।

योसँगै आज सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ।हिजो सुनको भाउ तोलामा २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यता,आज चाँदीको भाउ भने बढेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलामा ४ हजार ३२० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो