आज कतिमा हुँदैछ सुन-चाँदीको कारोबार ?


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १४ २०८३
380
SHARES

१४ श्रावण काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो। यससँगै आज सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यता,आज चाँदीको भाउ भने घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ३१० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।