रोकिएन सेयर बजार घट्ने क्रम


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १४ २०८३
608
SHARES

१४ श्रावण काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) बिहीबारको कारोबारमा पनि घटेको छ । बजार १६.२९ अंक घटेको हो । यससँगै बजार मापक २६७२.५८ विन्दुमा झरेको छ । साताको सुरुआतबाटै बजार निरन्तर ओरालो लागिरहेको छ । घट्दो क्रममा रहेको बजारमा ५९ वटा मात्रै कम्पनीको सेयर मूल्य बढेको छ । २०६ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

कारोबार तीन अर्ब ३८ करोड १३ लाख १८ हजारमा झरेको छ । ७५ लाख ४८ हजार कित्ता सेयर ४४ हजार पटकमा किनबेच भएको छ । एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ । उक्त कम्पनीको सेयर मूल्य ११ सय ३८ रुपैयाँमा उक्लिएको छ । सेन्ट्रल फाइनान्स, शुभम् पावर, तारागाउँ रिजेन्सी, एनएमबि हाइब्रिड फन्ड लगायतका कम्पनी उच्च कमाउने शीर्ष स्थानमा रहे । समूहगत सूचकतर्फ १३ वटै समूह घटेका छन् । हाइड्रो पावर समूह सबैभन्दा बढी १.२० प्रतिशत घटेको छ ।