आज बढ्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, साउन १५ २०८३
760
SHARES
१५ श्रावण काठमाडौं । नेपाली बजारमा आज सुन-चाँदीको भाउ वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो । योसँगै आज सुनको भाउ प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ८४ हजारमा कारोबार भएको थियो।
यता,आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर तोलामा ४ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट