‘सर्ट सेलिङ’ प्रणाली ल्याइँदै


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन १५ २०८३
703
SHARES

१५ श्रावण काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन)ले सेयर बजारमा मूल्य घट्दा पनि लाभ हुने ‘सर्ट सेलिङ’ आधुनिक कारोबार प्रणाली ल्याउने भएको छ । हाल बजारमा मूल्य बढ्दा मात्र फाइदा हुने अवस्था छ ।  सेलिङले बजार घट्दा पनि आम्दानी गर्ने एउटा नयाँ माध्यम प्रदान गर्नेछ । यस प्रणालीले बजारको मूल्य बढ्दा मात्र नभई घट्दा पनि लगानीकर्तालाई जोखिम व्यवस्थापन गर्न र नाफा कमाउने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।

पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको आधुनिक, प्रतिस्पर्धी र सुरक्षित बनाउन (शुक्रबार) १ सय ५५ पृष्ठको अवधारणापत्र, सार्वजनिक गरिएको छ । यस दस्ताबेजले विशेष गरी मार्जिन लेन्डिङ, धितोपत्र सापटी तथा उधारो र ‘सर्ट सेलिङ’ प्रणाली लागू गर्न आवश्यक नीतिगत र संरचनागत खाका प्रस्तुत गरेको छ ।