आज बढ्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन १८ २०८३
684
SHARES

१८ साउन काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन(चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो । योसँगै आज सुनको भाउ प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कायम भएको छ। हिजो आइतबार सुनको भाउ तोलामा २ लाख ८३ हजार २ हजार रुपैयाँमा कारोबार भएको थियो।

यता,आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो आइतबार चाँदीको भाउ ४ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।