एनएमबि बैंकद्वारा ४ अर्बभन्दा बढी खुद नाफा आर्जन


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन १९ २०८३
456
SHARES

१९ श्रावण काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले पहिलोपटक खुद नाफा रु. ४ अर्बको कोसेढुङ्गा पार गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ४०.६ प्रतिशतले वृद्धि भई रु.४.०१ अर्ब पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले रु.२.८५ अर्ब नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको कुल वितरणयोग्य नाफा रु. १.८७ अर्ब रहेको छ भने प्रति शेयर वितरणयोग्य नाफा ९.०८ प्रतिशत कायम भएको छ ।

खुद ब्याज आम्दानीः प्रभावकारी वासलत व्यवस्थापनका कारण खुद ब्याज आम्दानी १७.५ प्रतिशतले बढेर रु. ९.४२ अर्ब पुगेको छ ।

शुल्क तथा कमिसन आम्दानीः डिजिटल र ट्रान्ज्याक्सन बैंकिङमा भएको वृद्धिसँगै शुल्क तथा कमिसन आम्दानी १६.६ प्रतिशतले बढेर रु. २.८३ अर्ब पुगेको छ ।

खुद ट्रेडिङ आम्दानीः ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारमा भएको सुधारका कारण ट्रेडिङ आम्दानी ८९.० प्रतिशतले वृद्धि भई रु.६८१.४२ मिलियन पुगेको छ ।

प्रतिफल दरहरूः पुँजी प्रतिफल र सम्पत्ति प्रतिफलमा सुधार भई क्रमशः ११.५८ प्रतिशत र १.०४ प्रतिशत रहेको छ ।