सरकारी कर्मचारीको बढेको तलब तथा सुविधा रकम तय


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २१ २०८३
1.6K
SHARES

२१ श्रावण काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३।८४ बाट वृद्धि भएको सरकारी कर्मचारीको तलब र सुविधा तय गरेको छ। अर्थ मन्त्रालय सबै मन्त्रालय आयोग, सचिवालय र कार्यालयका नाममा परिपत्र जारी गर्दै वृद्धि भएको तलब, ग्रेड र मासिक प्रोत्साहन भत्ताबापतको रकम लागू गर्न भनेको हो।

अब निजामती सेवाको सबैभन्दा उपल्लो पद मुख्य सचिवको तलब अब ९० हजार ५९४ रुपैयाँ हुनेछ। मुख्य सचिवको सुरु स्केल ८४ हजार ९३२ रुपैयाँ हुनेछ भने त्यसमा दुई ग्रेडसम्म जोडिएर थप प्रतिग्रेड २ हजार ८३१ रुपैयाँ थपिएको छ। यसैगरी विशिष्ट श्रेणीका सचिवको कुल तलब ८४ हजार ५७६ रुपैयाँ हुनेछ। अवकाश प्राप्त गर्ने सचिवले पेन्सनबापत ६६ हजार ५३९ रुपैयाँ प्राप्त गर्ने छन्।

त्यस्तै सामुदायिक विद्यालयका माध्यमिक (प्रथम श्रेणी)को तलब ७४ हजार ९५८ रुपैयाँ पुगेको छ। जसमा सुरुको तलब ६२ हजार ४६६ रुपैयाँ र ६ ग्रेडको प्रतिग्रेड २ हजार ८२ रुपैयाँ थपिएको छ।

यस्तो छ नयाँ तलब तथा सुविधा रकम