सुनको भाउ बढेर तोलाको रु. ३ लाख नाघ्यो


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २४ २०८३
665
SHARES

२४ श्रावण काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ बढेर ३ लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ४ हजार ८०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला सुन ३ लाख १ हजार ७०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले बढेर ४ हजार ६४५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो।