मुक्तिनाथ विकास बैंकको ग्राहक कर्जा १ खर्ब नाघ्यो, नाफा १५१ करोड


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २७ २०८३
323
SHARES

२७ श्रावण काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहक कर्जा पोर्टफोलियोलाई १ खर्ब रुपैयाँभन्दा माथि पुर्‍याएको छ। बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार असार मसान्तसम्म बैंकको ग्राहकलाई प्रवाहित कर्जा रु. १०० अर्ब ५० करोड ८८ लाख पुगेको छ। यससँगै मुक्तिनाथ विकास बैंक १ खर्ब रुपैयाँभन्दा बढी ग्राहक कर्जा प्रवाह गर्ने विकास बैंकको रूपमा थप मजबुत वित्तीय आकारमा उभिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको ग्राहक कर्जा रु. ९७ अर्ब २२ करोड रहेको थियो।

बैंकले चुनौतीपूर्ण आर्थिक वातावरण, कर्जाको मागमा देखिएको सुस्तता र बढ्दो प्रतिस्पर्धाका बीच पनि कर्जा विस्तारलाई निरन्तरता दिएको हो। बैंकको कुल सम्पत्ति पनि समीक्षा अवधिमा रु. १ खर्ब ४१ अर्ब ६ करोड पुगेको छ।

नाफामा १२.४४ प्रतिशत वृद्धि

वित्तीय विवरणअनुसार बैंकले आर्थिक वर्ष २०८२/८३ मा रु. १ अर्ब ५१ करोड ८३ लाख खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको रु. १ अर्ब ३५ करोड ३६ लाखको तुलनामा १२.४४ प्रतिशत बढी हो।त्यस्तै, बैंकको कुल निक्षेप रु. १ खर्ब २३ अर्ब ५४ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५.२० प्रतिशतको वृद्धि हो। बैंकको चुक्ता पुँजी रु. ८ अर्ब तथा कुल शेयरधनीकोष रु. १२ अर्ब ९५ करोड पुगेको वित्तीय विवरणमा उल्लेख छ।